नियम २८
अन्तर्वार्ताको मूल्याड्ढन सम्बन्धी व्यवस्था
  (१) अन्तर्वार्तामा उम्मेदवारको मूल्याड्ढन गर्नको लागि अनुसूची–३ बमोजिमको फाराम प्रयोग गरिनेछ ।
(२) अन्तर्वार्ताको अड्ढभार अनुसूची–४ मा उल्लेख भए बमोजिम हुनेछ ।
(३) अन्तर्वार्ता समितिको अध्यक्ष वा सदस्यको अन्तर्वार्तामा भाग लिने कुनैउम्मेदवारसँग अनुसूची–३ मा उल्लिखित नाता पर्ने भएमा अन्तर्वार्ता समितिको त्यस्तो अध्यक्ष वा सदस्यले उक्त विज्ञापनको अन्तर्वार्तामा बस्न हु“दैन । सो नाताभित्र परेको कुरा नतिजा प्रकाशन हुनु भन्दा अघि प्रमाणित भएमा सो अन्तर्वार्ताकर्ताले प्रदान गरेको अड्ढ गणना गरिने छैन ।
(४) अन्तर्वार्ता समितिको प्रत्येक सदस्यलाई अन्तर्वार्ता हुने पदको विवरण, पाठ्यक्रम र उम्मेदवारको व्यक्तिगत विवरण एक एक प्रति उपलब्ध गराउनु पर्नेछ ।
(५) अन्तर्वार्तामा पूर्णाड्ढको सत्तरी प्रतिशतभन्दा बढी वा चालीस प्रतिशतभन्दा घटी अड्ढ दिनु परेमा सोको कारण खुलाउनु पर्नेछ । यसरी कारण नखुलाई अधिकतम भन्दा बढी वा न्यूनतम भन्दा घटी अड्ढ दिएकोमा बढीमा सत्तरी प्रतिशत र घटीमा चालीस प्रतिशत अड्ढ दिएको मानी गणना गरिनेछ ।
(६) अन्तर्वार्ता समितिको कुनै सदस्यले कारण खुलाई कुनै उम्मेदवारलाई उपनियम (५) बमोजिम सत्तरी प्रतिशत भन्दा बढी वा चालीस प्रतिशत भन्दा कम अड्ढ प्रदान गरेको अवस्थामा पनि अन्तर्वार्ता समितिका पचास प्रतिशत भन्दा बढी सदस्यले त्यसरी कारण खुलाई अड्ढ प्रदान गरेको अवस्थामा मात्र मान्य हुनेछ । अन्यथा बढीमा सत्तरी प्रतिशत र घटीमा चालीस प्रतिशत नै अड्ढ मानी गणना गरिनेछ ।